आज (शुक्रबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम अघिल्लो दिनको तुनलामा १ डिग्री सेल्सियसभन्दा बढी घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस देखिएको हो।
हिजो (बिहीबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो।
तर पछि बिहान ८:४५ बजे घटेर बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम त्यही समयमा मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातमा देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।
अस्ति बुधबार काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
बिहीबार यस्तो थियो तापक्रम विवरण:

Shares

प्रतिक्रिया