ad ad

समाज


चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु

चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १२:३९,

रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको चट्याङ लागेर मृत्यु भएको छ।

बिहीबार चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।

चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको जनाइएको छ।

घटना भए लगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो।

दुवै जनाको शव शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .