देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य जना घाइते भएका छन्।
सुर्खेत बराहताल गाउँपालिका-८ दमारेमा भे.१ त ८९७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार वीरेन्द्रनगर नगरपालिका-२ बस्ने ४० वर्षीया ईश्वरी फौजा मगर रहेकी छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीको भनाई छ।
त्यसैगरि धनुषाका् जनकपुरधाम उपमहानगरपालिका-२२ हनुमान चोकमा ज.१३ प ५०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
मोटरसाइकलमा सवार महोत्तरी बलवा नगरपालिका-१ बनचौरी बस्ने ३७ वर्षीया रिंकु सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि संखुवासभाको चैनपुर नगरपालिका-२ बिहीबारेमा प्र-१-०१-००१ च ८२४७ नम्बरको सुमो गाडी अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा गाडीमा सवार सोही नगरपालिका-१ मैदाने बस्ने ५९ वर्षीय पदम बहादुर लिम्बु र सोही नगरपालिका-१ पैरे बस्ने १७ वर्षीय अनिष थक्लुङको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका गाडीमा सवार मध्ये १ जनाको न्यूरो अस्पताल विराटनगरमा र ३ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया