अन्य देशहरुमा कोरोना संक्रमितको संख्यामा कमी आउँदै गर्दा रुसमा भने संक्रमित तिव्र गतिमा बढ्न थालेका छन्।
गएको २४ घण्टामा रुसमा ११ हजार २३१ नयाँ कोरोना संक्रमित थपिए। रुसमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका हुन्।
यससँगै रुसमा कोरोना संक्रमितको संख्या १ लाख ७७ हजार १६० पुगेको छ। यीमध्ये १६ सय २५ को मृत्यु हुँदा २३ हजार जना उपचारपछि स्वस्थ बनेका छन्।
हाल रुस कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको पाँचौ स्थानमा छ। एजेन्सी

प्रतिक्रिया