पश्चिम नेपालबाट आज (शुक्रबार) अपराह्नदेखि वर्षा सुरु भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाको विवरणअनुसार पछिल्लो तीन घण्टामा बैतडीको शतबाँजमा १० मिलीमिटर वर्षा भएको छ र यस्तै दार्चुलामा ५, डडेलधुरामा ९.४, डोटीमा सात, कञ्चनपुरमा ०.८ र कैलालीमा ०.४ मिलीमिटर वर्षा भएको छ।
आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थान तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
यसैगरी आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित असिनासमेत पर्ने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
मौसम महाशाखाले चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित असिनाको समेत सम्भावना छ। सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।
Shares

प्रतिक्रिया