जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो।
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।
संयुक्तराज्य अमेरिकामा लगातार दोस्रो दिन २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। विगत २४ घण्टामा अमेरिकामा २ हजार ५२८ जनाको ज्यान गएको छ। योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ८०९ पुगेको छ। एएफपी
3
Shares

प्रतिक्रिया