समाज


माघ ९ को राशिफल: कुम्भको दिन मनोरञ्जनपूर्ण हुने, मीनको स्वास्थ्यमा समस्या, तपाईँको दिन कस्तो?

माघ ९ को राशिफल: कुम्भको दिन  मनोरञ्जनपूर्ण हुने, मीनको स्वास्थ्यमा समस्या, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
माघ ९, २०८२ शुक्रबार ४:४४, काठमाडौँ

शुक्रबार, ९ माघ २०८२ (२३ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: प्रेम र सामाजिक सम्बन्धमा उन्नति हुनेछ। सहकर्मी र परिवारको साथ सहयोगी रहनेछ। सांस्कृतिक गतिविधिमा रुचि बढ्नेछ भने मठमन्दिरको भ्रमणले काममा थप ऊर्जा प्रदान गर्नेछ। सामाजिक क्षेत्रबाट मान–सम्मान प्राप्त हुने योग छ। मन्त्र–श्रद्धा र संयमले सफलता दिलाउनेछ।

भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: अध्यात्म र अध्ययनमा रुचि बढ्नेछ। मन प्रसन्न र शान्त रहनेछ। आफन्त तथा साथीभाइबाट सहयोग र हौसला मिल्नेछ। रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। मन्त्र– धैर्य नै सफलताको आधार हो।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ५९ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: दिन मनोरञ्जनपूर्ण रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। सामाजिक क्षेत्र र जागिरबाट मान–सम्मान प्राप्त हुनेछ। चतुर बोलीले कार्य सफल हुने संकेत छ। मन्त्र– सही शब्दले सही परिणाम दिन्छ।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ५८ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। निलो रङको प्रयोग नगर्ने।

कर्कट: लाभ–हानि र सुख–दुःख बराबरी खालको दिन रहनेछ। सहयोग गर्नेहरूले झुक्याउन सक्ने भएकाले सतर्क रहनुहोला। आत्मविश्वासमा कमी महसुस हुन सक्छ। मन्त्र– आत्मबल नै वास्तविक शक्ति हो।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४१, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४५ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

सिंह: नयाँ कार्य वा रोजगारीको योजना बन्नेछ। रमणीय र लाभदायक यात्राको योग छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने सम्भावना छ।

भाग्यशाली रङ सेतो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६० र सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। अनावश्यक लामो यात्रा नगर्ने।

कन्या: नयाँ अवसर र निर्णयका लागि दिन अनुकूल छ। जिम्मेवारी बढ्नेछ तर परिणाम सुखद रहनेछ। प्रेम र दाम्पत्य जीवन सुदृढ हुने समय हो।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

तुला: स्थानान्तरण वा टाढाको यात्राको योग छ। बोलीको प्रभावले अरूको मन जित्न सकिनेछ। मित्र भेटघाट र मिठा परिकारको अवसर मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: समझदारी र धैर्य आवश्यक रहने दिन हो। निर्णयमा हतार नगर्नुहोला। आलस्य बढ्न सक्छ भने स्मरणशक्ति कमजोर भएको अनुभव हुनेछ। मन्त्र– व्यवस्था नै प्रगति हो।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। झुट नबोल्ने।

धनु: रमाइलो यात्राको सम्भावना छ। व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। प्रभावशाली व्यक्तिको सहकार्यले नयाँ अनुभव दिलाउनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मकर: रोकिएका काम पुनः सुरु हुने संकेत छ। बुद्धिको प्रयोगले जटिल काम सजिलै सम्पन्न हुनेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ।

भाग्यशाली रङ सेतो र भाग्यशाली अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। भगवान् शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ: दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सेवामूलक कार्यबाट प्रतिष्ठा बढ्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ७३ प्रतिशत रहेको छ। वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

मीन: स्वास्थ्य र समय व्यवस्थापनमा विशेष ध्यान दिनुहोला। भावुकता र जिद्दीपनले काम बिग्रन सक्छ। मन्त्र– अनुशासन नै पहिचान हो।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ३९ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad