समाज


सवारी दुर्घटना: एकै गाउँका ३ युवकसहित ९ जनाको मृत्यु

सवारी दुर्घटना: एकै गाउँका ३ युवकसहित ९ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८२ बिहिबार १३:४६, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। 

मोरङको विराटनगर महानगरपालिका-४ कञ्चनबारीमा बाग्मती प्रदेश ०३-००१ ख ३३९९ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सोही महानगरपालिका-४ एयरपोर्ट लाइन बस्ने ७५ वर्षीया डम्बर कुमारी नेपाल रहेका प्रहरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि मोरङकै रतुवामाई नगरपालिका-५ चटपटे  चोकमा ट्याक्टर दुर्घटना हुँदा तीन जना युवकको मृत्यु भएको छ।

गोबिन्दपुरतर्फ आउँदै गरेको को.२ त १९३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार मोरङकै सुनवर्षी नगरपालिका-९ बस्ने २१ वर्षीय किसन कुमार मण्डल, २० वर्षीय रबिन पासवान र ३५ वर्षीय राज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा किसनको घटनास्थलमै, रबिनको रंगेली अस्पतालमा र राजको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो।

दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि झापाको शिवसताक्षी नगरपालिका-६ जामबारीस्थित सडकमा बिष्णु चोकमा ट्याक्टरबाट खसेर १८ वर्षीय किशोरको मृत्यु भएको छ।

जनता चोकतर्फ जाँदै गरेको मे.१ त ७५६३ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो। 

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि इलामको देउमाई नगरपालिका-३ पानीटारस्थित सडकमा प्र.१-०१-००१ ह ९७७१ नम्बरको अटो बिहीबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोही नगरपालिका-५ धुसेनी बस्ने १८ वर्षीय युनिस लुईटेल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो। 

त्यसैगरि मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिकै सडकमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने दुईजना घायते भएका छन्। 

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म-प्र-०३-००१ च ६७२१ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोका सहचालक सर्लाहीको बरहथवा नगरपालिका(१ बस्ने १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो। 

गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका बोलेरो चालक र बोलेरोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरि गुल्मीको रूरूक्षेत्र गाउँपालिका-१ खोल्टेपानीस्थित सडकमा लु-१ च ६९८५ नम्बरको बोलेरो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार युवकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका-१ बस्ने २६ वर्षीय टिकाराम कुमाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको रूरू प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बोलेरो चालकलाई पक्राउ गरेको छ।

त्यसैगरि नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१३ उत्तम चोकस्थित सडकमा ना.२ च ४०९८ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा  सोही नगरपालिका-१३ बस्ने ६२ वर्षीय प्रेम बहादुर क्षेत्री रहेका छन्। 

गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad