काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहीबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस देखिएको छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिले देखिएभन्दा घट्ने सम्भावना हुन्छ।
हिजो बुधबार पनि काठमाडौँको न्यूनतम तापक्रम सुरुवातमा ३.५ देखिएकामा पछि आधिकारिक मापनमा ३.४ डिग्री सेल्सियस कायम भएको थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् बुधबारको तापक्रम विवरण-

Shares

प्रतिक्रिया