झापामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। सहचालकको मृत्यु भएपछि प्रहरीले ट्याक्टरका चालकलाई पक्राउ गरेको छ।
बुधबार साँझ शिवसताक्षी नगरपालिका-६ जामबारी स्थित झिलझिले-कुञ्जिबारी पक्की सडक खण्डमा मे.१ त ७५६३ नम्बरको ट्याक्टरबाट खसेर सहचालक सोही ठाउँका युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा २२ वर्षीय नारायण राजवंशी रहेका छन्।
बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको ट्याक्टरबाट खस्दा उनी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएको थियो। उनको उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सहचालकको मृत्यु भएपछि ट्याक्टर चालक सोही ठाउँका ३० वर्षीय नितेस घिमिरेलाई इलाका प्रहरी कार्याल्य शिवगंजले पक्राउ गरेको छ।
75
Shares

प्रतिक्रिया