भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नजिक पुगेको छ। गएको २४ घन्टामा मात्रै भारतमा कोरोनाका ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको वर्ल्डओमिटरले जनाएको छ।
त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ सय ८५ पुगेको छ। बिहीबार भारतमा कोरोनाबाट ९२ जनाले ज्यान गुमाएका छन्।
संक्रमण नियन्त्रणको लागि भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन छ। तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन्।

प्रतिक्रिया