समाज


‘सुदूरपश्चिममा वर्षा सुरु, काठमाडौंसहित अन्य क्षेत्रमा साँझपख’

‘सुदूरपश्चिममा वर्षा सुरु, काठमाडौंसहित अन्य क्षेत्रमा साँझपख’

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ०:४१,

आज (बिहीबार) पनि देशभर केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

‘सुर्खेतमा बिहानै मेघगर्जनसहित वर्षा भइरहेको छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले भनिन्, ‘साँझपख काठमाडौंसहित मध्य क्षेत्र र पूर्वी क्षेत्रमा पनि वर्षा हुने सम्भावना छ।’

यस्तै प्रिमनसुन भएकाले वर्षाका साथ चट्याङ, हावाहुरीको पनि स्वाभाविक रूपमा सम्भावना रहने उनले जानकारी दिइन्। 

माैसम पूर्वानुमान महाशाखाले बिहीरबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ: 

देशको पहाडी साथै पश्चिमी भू-भागका केही स्थानहरूमा  मेघगर्जन/चट्याङ/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad