बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २ सय ४५ पुगेको छ।
पछिल्लो समय थप ८८ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीको संख्या २ सय ४५ पुगेको वहराइनस्थित नेपाली दूतावासले जनाएको छ।
बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अहिलेसम्म संक्रमित ८ जनाको मृत्यु भएको वहराइन सरकारले जनाएको छ। संक्रमित सबै नेपालीको अवस्था भने सामान्य रहेको छ।
दूतावासका अनुसार संक्रमित सबै नेपालीको बहराइन सरकारले नै उपचार गरिरहेको छ।

प्रतिक्रिया