ad ad

समाज


कोरोना भाइरसको उत्परिवर्तनले वैज्ञानिकहरु नै दोधारमा

कोरोना भाइरसको उत्परिवर्तनले वैज्ञानिकहरु नै दोधारमा

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १३:३८,

कोरोना भाइरसका सयौं उत्परिवर्तन देखिएको जसले कोभिड १९ को संक्रमण गराउने भएपछि वैज्ञानिकहरु कुन खोपले कोभिड १९ को संक्रमण भएका मानिस ठिक हुन्छन् भन्नेमा दोधारमा परेको बीबीसीले जनाएको छ।

वैज्ञानिकका अनुसार कोरोना भाइरसमा धेरै आनुवंशिक परिवर्तन देखिएको छ। यी सबैबाट कोभिड १९ संक्रमण हुन्छ। तर प्रभाव भने कसैको ज्यादा र कसैको कम भएको जनाइएको छ।

यसैको कारण हाल विकासमा क्रममा रहेका खोप कुन प्रभावकारी हुन्छ भन्नेमा वैज्ञानिकहरु अलमलमा परेका हुन्।

अमेरिकाको प्रारम्भिक अनुसन्धानका अनुसार ‘डी६१४जी म्युटेसन’ हाल विश्वमा सबैभन्दा बढी देखिएको छ। कोरोना भाइरसको यस उत्परिवर्तन जसले कोभिड १९ को संक्रमण गराउँछ यसलाई नै खतरनाक मानिएको छ।

यसअघि चीनको अनुसन्धानमा कोभिड १९ मा ३० म्युटेसन भएको बताइएको थियो।

हाङझाउस्थित झेजियांग विश्वविद्यालयका प्राध्यापक लि लानजुआन र उनका सहपाठीले गरेको अनुसन्धानमा कोभिड १९ मा कम्तिमा ३० अनुवाशिंक भिन्नता भएको बताइएको थियो।

लि कोरोनाको उद्गमस्थल वुहान शहरमा लकडाउन गर्न सुझाव दिने पहिलो व्यक्ति पनि हुन्।

चिकित्सक र वैज्ञानिकले कोभिड १९ को परिवर्तित क्षमताको विषयलाई नजरअन्दाज गरेको अनुसन्धानमा लिले बताएकी थिइन्।

उक्त अनुसन्धानमा कोभिड १९ को रुपहरु र भिन्नतालाई बुझिए मात्र कोरोनाविरुद्धको खोप निर्माणमा सहयोग पुग्ने बताइएको थियो।

परिवर्तिन कोभिड १९ मानिसका लागि झनै खतरनाक हुने पनि प्रयोगशालामा गरिएको परीक्षणमा देखिएको अनुसन्धानमा उल्लेख गरिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .