समाज


बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, सनाखत हुन बाँकी

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, सनाखत हुन बाँकी

नेपालखबर
पुस २८, २०८२ सोमबार १२:१, बैतडी

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो।

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए। 

उनले भने, ‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको खबर छ, सनाखत हुन सकेको छैन।’

जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन। अन्य सबै घाइते रहेको बुझिएको छ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad