समाज


अझ बढी सर्ने कोरोना भाइरसको नयाँ स्वरुप फेला पर्‍यो

अझ बढी सर्ने कोरोना भाइरसको नयाँ स्वरुप फेला पर्‍यो

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १३:४१,

वैज्ञानिकहरुले कोरोना भाइरस (सार्स–कोभ–२) को १४ वटा परिवर्तित स्वरुप फेला पारेका छन्।

त्यसमध्य भाइरसको एउटा स्वरुप महामारीको सुरुवाती दिनमा फैलिएको भाइरसभन्दा अझ बढी संक्रामक भएको अमेरिकाको न्यु मेक्सिकोस्थित लस आलामस नेसनल ल्याबरोटरीका वैज्ञानिकहरुले जनाएका छन्।

त्यस्तै यो भाइरस एक पटक संक्रमित व्यक्तिलाई पनि लाग्नसक्ने देखिएको छ।

सो ल्याबरोटरीका वैज्ञानिकहरुले यससम्बन्धी ३३ पृष्ठ लामो रिपोर्ट बायो अर्काइभ नामक वेबसाइटमा प्रकाशित गरेका छन्।

खोप तथा औषधि बनाउन जुटेका वैज्ञानिकसँगको सहकार्यलाई तीव्रता दिन यो वेबसाइटमा अनुसन्धानकर्ताले पिअर रिभ्यु हुनुअघिको अध्ययन प्रकाशित गर्ने गर्छन्।

परिवर्तित भाइरस युरोपमा फेब्रुअरीमा र त्यसपछि अमेरिका तथा मार्चको मध्येदेखि पूरै विश्वमा देखिएको अध्येताहरुले बताएका छन्। यसअघि वुहानमा फेला परेको भाइरसभन्दा यो अत्यन्त बढी संक्रामक रहेकाले छिटै प्रकोप फैलिएको उनीहरुका भनाइ छ।

विश्वभरबाट संकलन गरिएको ६ हजार कोरोना भाइरस सिक्वेन्स अध्ययनबाट सो निश्कर्ष निकालिएको जनाइएको छ।

यो अनुसन्धानलाई ड्युक युनिभर्सिटी र बेलायतको युनिभर्सिटी अफ सेफिल्डले पनि सघाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .