राजनीति


लकडाउन थपिने संभावना, औपचारिक निर्णय बुधबारको मन्त्रिपरिषदबाट

लकडाउन थपिने संभावना, औपचारिक निर्णय बुधबारको मन्त्रिपरिषदबाट

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १३:२९,

मंगलबार बालुवाटारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लक डाउन बढ्न सक्ने संकेत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले लक डाउन लम्बिन सक्ने जानकारी दिएका हुन्।

तर सो समितिले कति दिन लक डाउन बढाउने भन्ने निर्णय भने बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने बताइएको छ।

अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ।

बैठकपछि विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए।

लक डाउन कति समय थप हुन्छ भन्ने विषयमा केही नभनेपनि बिडारीले ‘लक डाउन लम्बिन सक्छ’ भन्ने जानकारी दिए।

नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उनले बताए।

मन्त्रिपरिषद् बैठकमा लक डाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै बिडारीले भने ‘‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ। लक डाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .