समाज


कोशी अस्पतालका ६ कोरोना संक्रमित निको भए, भोलि डिस्चार्ज हुँदै

कोशी अस्पतालका ६ कोरोना संक्रमित निको भए, भोलि डिस्चार्ज हुँदै

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १३:४३,

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १३ जना मध्ये ६ कोरोना संक्रमित निको भएका छन्।

प्रदेश एक सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (बुधबार) डिस्चार्ज गरिने जनाएको हो।

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले निको भएका ६ जनालाई भोली बिहान ८ वजे डिस्चार्ज गरिने भएको छ।

गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जनामध्ये ६ जनाको रिपोर्ट लगातार दुई पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको उनले बताए।

डिस्चार्ज हुने तयारीमा रहेका सबै भारतीय नागरिक हुन्। डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्।

डिस्चार्ज हुनेहरुलाई थप केही दिन विराटनगरस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टिनमा राखिने मन्त्रालयले जनाएको छ। कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले उनीहरुसँगै अस्पतालमा उपचाररत अन्यको अवस्था समेत सामान्य रहेको बताइन्।

विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत थिए। जसमध्ये १२ जना भारतीय हुन् भने बाँकी नेपालीहरु हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad