समाज


चिकित्सकले २ बर्षसम्म अस्थायी लाइसेन्स पाउने व्यवस्था हट्यो

चिकित्सकले २ बर्षसम्म अस्थायी लाइसेन्स पाउने व्यवस्था हट्यो

नेपालखबर
पुस २२, २०८२ मंगलबार १८:५४, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको अस्थायी दर्ताको व्यवस्थालाई पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। काउन्सिलले नियमावली संशोधन गरेर अस्थायी दर्ताको व्यवस्था हटाउने प्रक्रिया अघि बढाएको हो।

जसका लागि काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ संशोधनका लागि सिफारिस गरेको छ। 

काउन्सिलको गत मंसिर ३ गते बसेको पूर्ण बैठकले  नियमावली २०२४ को परिच्छेद २ को नियम ५ मा अस्थायी दर्ताको व्यवस्था रहेको हुँदा चिकित्सकहरुको अस्थायी दर्ताहटाउने निर्णय गरेको थियो।  

बैठकले नियमावली संसोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो। निर्णय अनुसार मंगलवार मन्त्रालयलाई पत्र पठाईएको छ। 

काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवले अस्थायी लाइसेन्सले अन्यौल हुने हुदा यस्तो निर्णय गरेको जनाए। ‘पहिल्यौदेखि हटाउन खोजेका थियौँ, त्यसका लागि ऐन संसोधन गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छौँ, ’ उनले भने।


डा देवले यसले अन्यौललता सिर्जना गरेका कारण पनि हटाउनु परेको बताए ‘अस्थायी लाइसेन्सले अन्यौललता सिर्जना पर्‍यो, चिकित्सकहरू नेपाल लगाएत अन्य देशमा पनि प्राक्टिस’ गर्छन्,’ उनले भने, ‘अस्थायी लाइसेन्स हुँदा उनीहरुलाई पनि समस्या भयो, त्यसकारण यो व्यवस्था हटाउन खोजेका छौँ।’

चिकित्सा शिक्षा पूरा गरेका चिकित्सकहरूले स्थायी लाइसेन्स पाउनुअघि वा निश्चित प्रयोजनका लागि अस्थायी दर्ता गराउनुपर्ने प्रावधान थियो। चिकित्सकले २ बर्ष सम्म अस्थायी लाइसेन्स पाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad