राजनीति


काठमाडौँका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातै जनाले पाए सफाइ

काठमाडौँका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातै जनाले पाए सफाइ

नेपालखबर
पुस २२, २०८२ मंगलबार १९:१, काठमाडौँ

काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातै जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। 

मंगलबार विशेष अदालत, काठमाडौँले सातै जनालाई सफाइ दिएको हो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा सातै जनाले सफाइ पाउने फैसला गरेको छ। 

विशेष अदालतले भनेको छ, ‘विवेचित आधार कारणसहितबाट प्रतिवादीहरू प्रदिप परियार, रविमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोपदाबी पुष्टि हुन नसकेको हुँदा निज प्रतिवादीहरूले आरोप दाबीबाट सफाइ पाउने ठहर्छ।’

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

अख्तियारले काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परिसारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको थियो। 

विशेष अदालत, काठमाडौँको फैसला :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad