ad ad

समाज


सीमामा ४ सय सुरक्षा पोस्ट थपेर भारतकै जति बनाउने गृहकाे तयारी

सीमामा ४ सय सुरक्षा पोस्ट थपेर भारतकै जति बनाउने गृहकाे तयारी

उजिर कार्की
बैशाख २२, २०७७ सोमबार १४:०,

सशस्त्र प्रहरीले सीमा नाकामा भारतकै जति सुरक्षा पोस्ट राख्न प्रस्ताव गरेको छ।

नेपाल–भारत सीमामा भारतका ५ सय ३० वटा सुरक्षा पोस्ट छन्। नेपालले भने भारततर्फको सीमामा १ सय २१ वटा पोस्ट राखेको छ।

नेपालका तर्फबाट सुरक्षा पोस्ट (बीओपी) को संख्या ५ सय पु¥याउन सशस्त्रले प्रस्ताव गरेको हो। झण्डै ४ सय पोस्ट थप्ने प्रस्तावसहितको योजना सशस्त्रले सोमबार गृह मन्त्रालयमा बुझाएको छ।
गृहमन्त्री रामबहादुर थापा बादलले सिमानामा आवतजावत पूर्ण बन्द गर्ने गरी योजना ल्याउन सशस्त्रलाई निर्देशन दिएका थिए।

लकडाउनको समयमा सीमामा थप कडाइ गर्न सुरक्षा पोस्ट आवश्यक रहेको भन्दै सो योजना तयार गरेको हो।

यीमध्ये एक सय बीओपी थप्ने प्रक्रिया सुरु भइसकेको छ। यी बीओपी अन्तरगत रहने गरी चेकपोस्ट थप हुनेछन्। हाल १३ सय अस्थायी चेकपोस्ट छन्।

तर भारतबाट प्रहरीलाई छल्दै नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रले थप कडाइ गर्न योजना बनाएको हो।

त्यसका लागि ९ हजार जनशक्ति पनि थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ। हाल सरदर १५ किलोमिटरको दूरीमा रहेको बीओेपी त्यसपछि ३.५ किलोमिटरको फरकमा रहनेछन्।

बीओपी थप गर्ने विषयमा आयोजित छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रस्ताव आफूले मन्त्रिपरिषदमा लैजाने बताए।

मन्त्री थापाले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको र अझ बीओेपी रहने स्थान, आवश्यक पूर्वाधार लगायतका विषयमा विस्तृत प्रस्ताव तयार पार्न सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएका छन्।
सीमा व्यवस्थापनको बजेटमा सरकारले कञ्जुस्याइँ नगर्ने पनि उनले स्पष्ट पारे।

‘अहिले जटिल परिस्थितिमा सिमित, स्रोत र साधनका बाबजूद सीमामा कोरोना नियन्त्रणका लागि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय छ,’ गृहमन्त्री थापाले भने।

गृहसचिव महेश्वर न्यौपानेले अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बीओेपी बढाउनुको विकल्प नरहेको बताए।

उनले भन्सारको १ सय ११ ठाउँमा रहेको जग्गा बीओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

यसअघि सीमाक्षेत्रमा ८७ बीओपीमात्रै थियो। त्यसलाई बढाएर गृहमन्त्री थापाले १ सय २० पु¥याइएका थिए। बीओपी संख्या २ सय २१ पु¥याउने गृहमन्त्रीको प्रस्ताव मन्त्रिपरिषदले यसअघि नै पारित गरिसकेको छ।

यसअघि बीओपीमा करिब ५ हजार जनशक्ति थियो। कोरोना महामारीका कारण सिलबन्दी गरिएपछि ८ हजार ३ सय ८३ जनशक्ति थपिएको छ।

गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन्।

कारागार लगायत सरकारी संरचनाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई पनि सीमा क्षेत्रमा पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .