कारोबार


होटल बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन गर्ने मजदुरहरुको चेतावनी

होटल बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन गर्ने मजदुरहरुको चेतावनी

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १४:३७,

देशभरका तारे होटल ६ महिना बन्द गर्ने होटल व्यवसायी संघ (हान) को निर्णयविरुद्ध होटल मजदुरहरुले आपत्ति जनाएका छन्। मजदुर संगठनहरुले एकल रुपमा गरेको निर्णय फिर्ता लिन होटल संघलाई चेतावनी दिएका छन्।

सोमबार तीनवटा मजदुर संगठनहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ, स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुराँ क्यासिनो मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘श्रमिकको पारिश्रमिक, सेवासुविधा, श्रम ऐन २०४७ को दफा १४५ प्रयोग गरी श्रमिक निस्कासन गर्ने धम्कि जस्ता निकृष्ट हर्कत’ गरिएको आरोप लगाएका छन्।

मजदुर संगठनहरुले होटल संघ (हान) को १२.५ प्रतिशत पारिश्रमिक स्वीकार नगर्न र आफ्नो पारिश्रमिक तथा रोजगारीका लागि एकजुट हुन श्रमिकहरुसँग आह्वान गरेका छन्।

होटल व्यवसायीको छाता संगठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको थियो।

याे पनि: तारे होटल ६ महिना बन्द गरिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad