राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले २०८१ माघ २ गते ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
सोही मुद्दाका प्रतिवादीहरु छविलाल जोशी, सुनिता नेवा, कमल थापालाई धरौटीमा रिहा गर्ने आदेश पनि उच्चले सदर गरेको छ।
धरौटी माग गर्ने जिल्ला अदालतको आदेश वेरितको नदेखिएको भन्दै परिवर्तन गरिरहनु नपर्ने उच्चको आदेशमा भनिएको छ।
रविलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा निवेदन दिएको थियो। निवेदनमा लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको थियो।

Shares

प्रतिक्रिया