भदौ २३ र २४ घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ।
उनीसँग सोमबार र बुधबार बयान लिएको आयोगले बिहीबार स्थान हद फुकुवा गरेको हो।
जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकमाथि अनुसन्धान गर्नुपर्ने भन्दै आयोगले असोज १२ गते उपत्यका छाड्न नपाउनेगरि स्थान हद तोकेको थियो।
यसअघि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन सीडीओ छवि रिजालसँगको बयानपछि स्थान हद फुकुवा गरिएको थियो।

225
Shares

प्रतिक्रिया