ad ad

समाज


भारतमा कोरोना संक्रमितमाथि नै यौन हिंसा!

भारतमा कोरोना संक्रमितमाथि नै यौन हिंसा!

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ७:२३,

३४ वर्षका एक पुरुष डाक्टरले आइसीयू वार्डमा भर्ना भएका ४४ वर्षका पुरुषलाई असहज हुनेगरी शरीरका विभिन्न भागमा छोएको प्रहरीले बताएका छन्।

मुम्बई सेन्ट्रल एरियाको निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको थियो। यौन दुव्र्यवहारको आरोप लागेका डाक्टरमाथि अस्पतालमा नियुक्त भएको दोस्रो दिन नै यौनहिंसाको आरोप लागेको हो।

मुद्दा दर्ता भएता पनि ती डाक्टर अहिलेसम्म समातिएका छैनन्। कोरोना संक्रमितको उपचारमा खटेकाले उनलाई हाल घरमै क्वारेन्टिनमा राखिएको जनाइएको छ।

पीडितले यौन दुव्र्यवहार भएको आरोप लगाएपछि अस्पतालले नै प्रहरीलाई खबर गरेको थियो। ती डाक्टरलाई अस्पतालले बर्खास्त गरिसकेको पनि जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .