ad ad

कारोबार


नबिल बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

नबिल बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ७:२४,

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सीमित कारोबार समेत गर्नसकिने सुविधा प्रारम्भ गरेको छ।

यसअन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङजस्ता डिजिटल बैंकिङ सुविधाहरुको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ।

मोबाइल बैंकिङ सुविधाअन्तर्गत ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइलमार्फत गर्न सक्नेछन्।

साथै, यो सुविधा कोभिड १९ संक्रमण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गरी सीमित अवधि र सीमित कारोबारका लागि प्रदान गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .