ad ad

समाज


अमेरिकी वैज्ञानिकले कोरोनाविरुद्धको थप १४ वटा खोप पहिचान गरे

अमेरिकी वैज्ञानिकले कोरोनाविरुद्धको थप १४ वटा खोप पहिचान गरे

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ६:४६,

कोरोना भाइरसको खोप निर्माणमा अमेरिका पनि जुटेको छ। अमेरिकाले गत मार्च १६ मा पहिलोपटक मानिसमा कोभिड–१९ विरुद्धको खोप परीक्षण गरेको थियो।

हालै अमेरिकाले इबोला भाइरसविरुद्ध प्रयोग हुने एन्टी भाइरल ड्रग कोरोनाविरुद्ध प्रयोग गर्न सकिने बताएको छ। आपतकालीन अवस्थामा यस औषधि सिरिन्जमार्फत प्रयोग गर्न अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले अनुमति दिएको हो।

यस औषधिले कोरोनाले गम्भीर बिरामी बनेको बिरामीको निको हुने समय छोट्याउन मद्दत गर्ने एफडीएको भनाइ छ। यो नै कोरोनाको उपयुक्त खोप भने नभएको बताइएको छ।

यसबीचमा अमेरिकी वैज्ञानिकले थप १४ वटा कोरोनाविरुद्धको खोप पहिचान गरेका छन्।

अमेरिकी राष्ट्रपतीय कार्यालय अन्तर्गत कोरोना खोप निर्माण तथा पहिचान अभियान ‘अपरेसन वार्प स्पिड’ ले १४ वटा खोप पहिचान गरेको र यसको विकास चाँडै गरिने तयारी भएको सीएनएनले जनाएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राति फक्स न्युजसँग कुरा गर्दै यसैवर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप बनिसक्ने दाबी गरेका छन्।

यसअघि अमेरिकी अर्बपति बिल गेट्सले आफ्नो फाउन्डेसनले एक वर्षभित्रमा कोरोनाको खोप निर्माण गरिसक्ने बताएका थिए।

कोरोनाको उद्गमस्थल चीन तथा विश्वका अन्य राष्ट्रहरुले पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .