ad ad

समाज


नेपालगन्जमा व्यापक संक्रमण देखिएपछि देशभर बनाइयो लकडाउन अझ कडा

नेपालगन्जमा व्यापक संक्रमण देखिएपछि देशभर बनाइयो लकडाउन अझ कडा

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ६:२,

बाँकेको नेपालगन्जको एकै टोलमा एकै दिन १५ जनालाई कोरोना संक्रमण देखिएपछि देशभर लकडाउन अझ कडा पारिएको नेपाल प्रहरीले जनाएकाे छ। 

नेपालगन्जमा आइतबार यति धेरै संख्यामा कोरानो संक्रमित फेला परेपछि त्यहाँबाट देशका अन्य ठाउँमा पनि संक्रमण फैलिन सक्ने भएकाले लकडाउडन अझ कडा पारिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी नीरजबहादुर शाहीले जानकारी दिए।

लकडाउन कडाइ गर्ने प्रमुख जिम्मेवारी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको भएको उल्लेख गर्दै प्रवक्ता शाहीले सोमबार बिहान नेपालखबरसँग भने, ‘हामीले दुई किसिमले लकडाउनमा कडाइ गरेका छौं। एउटा स्थानीय पालिकाबीच र अर्काे जिल्लाबीचको संयन्त्रको समन्वयमा लकडाउन कडा पारेका हौं।’

धेरै संख्यामा संक्रमित भेटिएका नेपालगन्जको क्षेत्रदेखि अर्काे जिल्ला, प्रदेश र सीमा नाकामसम्म आवतजावतमा कडाइ गरिएकाे उनले बताए।

‘पहिलेदेखि केन्द्रीय स्तरको जुन रणनीति छ, त्यहीअनुसार देशभर लकडाउन जारी छ,’ प्रवक्ता शाहीले भने, ‘नेपालगन्जमा जुन संख्यामा संक्रमित देखिए त्यसपछि अझ यसलाई कडा बनाएका छौं।’

अझ नेपालगन्जकै प्रभावित क्षेत्रमै त्यहाँको स्थानीय नीतिअनुसार स्थानीय प्रहरीले छुट्टै कडाइ पनि गर्ने उनले जानकारी दिए।

 ‘यो त हामी आफैंले पनि विचार गर्नुपर्ने हो,’ उनले भने, ‘एक ठाउँबाट अर्काे ठाउँमा संक्रमण नफैलियोस् भनेर स्थानीय प्रहरी, प्रशासन र बासिन्दाले आवतजावतमा कडाइ गर्न जरुरी छ।’

अनि सरकारले त लकडाउनलाई केही खुकुलो बनाउने कुरा गरिरहेको छ त भन्ने प्रश्नमा प्रवक्ता शाहीले भने, ‘अब त्यो त नीतिगत निर्णय गरेर लिखित जानकारी आएपछि सोच्ने कुरा हो, हामीले त आफ्नो जिम्मेवारीबमोजिम लकडाउन पालना गराउने हो।’

काठमाडौंमा पनि कडाइ
काठमाडौं उपत्यकामा पनि प्रहरीले लकडाउन कडा बनाएको छ।

अनावश्यक रूपमा सडकमा निस्किने, प्रहरीको आग्रह नमान्ने तथा तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारीसाधनलाई सोमबार बिहानै विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लकडाउनमा कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्रि सडकसम्म बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ।

याे पनि:

कोरोना: नेपालगन्जमा एकै दिन १५ संक्रमित भेटिए, अब स्थिति भयावह भएको हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .