ad ad

समाज


बुद्ध जयन्तीको अवसरमा २५ देशमा भर्चुअल सत्संग गर्दै मानव धर्म सेवा समिति

बुद्ध जयन्तीको अवसरमा २५ देशमा भर्चुअल सत्संग गर्दै मानव धर्म सेवा समिति

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ६:४०,

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औं जन्मोत्सवको अवसरमा नेपाल मानव धर्म सेवा समितिले २५ राष्ट्र सहभागी ‘बुद्ध जयन्ती ग्लोबल भर्चुअल सत्संग’ कार्यक्रम गर्ने भएको छ।

कोरोना भाइरसले आम जनमानसमा पारेको प्रभाव र लकडाउनले गर्दा बुद्ध जयन्तीको अवसरमा भर्चुअल कार्यक्रम गर्न लागेको नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय प्रभारी महात्मा चमेली बाइजीले जानकारी दिइन्।

सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै घरमा नै बसेर युट्युबबाट कार्यक्रम गरिने समितिले जनाएको छ। बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा २५ देशका विभिन्न आध्यात्मिक वक्ताहरुले प्रवचन दिनेछन्। आध्यात्मिक सत्संग कार्यक्रममा भक्तिसंगीतका कार्यक्रम पनि हुनेछ।

२५ देशमा एकैसाथ प्रसारण हुने कार्यक्रम नेपालमा आगामी बिहीबार साँझ ६ बजे युट्युबमा हेर्न सकिने समितिले जानकारी दिएको हो। यसअघि मानव धर्मले आफ्नो सबै आश्रमहरुमा कार्यक्रम गर्ने गरे पनि अहिले कोरोनाको कहरलाई मध्यनजर गर्दै ग्लोबल भर्चुअल कार्यक्रम गर्न लागेको हो।

कार्यक्रमलाई मानव धर्मको युट्युब च्यानलमा गएर हेर्न सकिनेछ। भर्चुअल सत्संगकै अवसरमा विश्वशान्तिको कामना गर्दै सोही दिन साँझ दिप प्रज्वलन कार्यक्रम पनि राखिएको छ।

सो कार्यक्रममा नेपालसहित भारत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा, नर्वे, जर्मन, इटाली, जापान, भुटान, अर्जेन्टिना, पोर्चुगल, बगंलादेश लगायतका देशहरुबाट सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .