समाज


पछिल्लो समय कोरोना केन्द्र बन्दै रुस, एकै दिन साढे १० हजार संक्रमित

पछिल्लो समय कोरोना केन्द्र बन्दै रुस, एकै दिन साढे १० हजार संक्रमित

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १:२४,

पछिल्लो समय कोरोना भाइरसको संक्रमण रुसमा तीव्र गतिमा फैलिइरहेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै साढे १० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गएको २४ घण्टामा रुसमा १० हजार ६ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै धेरै हो।

योसँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३४ हजार ६ सय ८६ पुगेको छ।

हालसम्म रुसमा कोरोनाबाट १ हजार २ सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र मस्को हो। राष्ट्रपति भ्लादिमिर पुटिनले अवस्था अति गम्भीर रहेको बताएका छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad