ad ad

समाज


भारतमा एकै दिन थपिए २८ सय कोरोना संक्रमित, कस्तो छ पछिल्लो अवस्था?

भारतमा एकै दिन थपिए २८ सय कोरोना संक्रमित, कस्तो छ पछिल्लो अवस्था?

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १:३०,

भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।

आइतबार एकै दिन भारतमा २८ सय ६ जना संक्रमित थपिएका छन्। यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै उच्च संख्या हो।

संक्रमणको कारण भारतमा शनिबार ६८ जनाले ज्यान गुमाएका छन्। यो सँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय ९१ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

भारतमा अहिलेसम्म संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ। संक्रमितमध्ये ११ हजारभन्दा धेरै उपचारपछि ठिक भएका छन्।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ।

महाराष्ट्रमा १२ हजारभन्दा बढी मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गुजरातमा पाँच हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। राजधानी नयाँदिल्लीमा चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

संक्रमण तीब्र हुँदै जाँदा भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन थपिएको छ। तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन्।

कोरोनाको प्रभाव कम र बढी भएका क्षेत्रमा पनि लकडाउन खुकुलो र कडा पार्ने रणनीति भारतले अपनाएको छ। त्यसका लागि भारतले संक्रमण बढी र कम देखिएका क्षेत्रलाई रेड, यल्लो र ग्रिन जोनका रुपमा वर्गीकरण गरेको छ।

यसैबीच विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ। सोमबार बिहान सवा ७ बजेसम्मको तथ्यांकअनुसार विश्वमा २ लाख ४८ हजार २ सय ४५ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या ३५ लाख ६५ हजार नाघेको छ। सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म संक्रमणको कारण ६८ हजार ५ सय ९८ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .