समाज


नेपालगन्जका ९ संक्रमित एउटै टोलका

नेपालगन्जका ९ संक्रमित एउटै टोलका

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १२:५२,

नेपालगन्जमा आइतबार देखिएका संक्रमितहरु एउटै टोलका रहेको खुलेको छ।

यसअघि बुधबार भेटिएका ६० वर्षीय संक्रमितकै टोलका थप ९ जनालाई आइतबार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘वडानम्बर ८ मा पर्ने जोलहनपुरवा टोल छ। त्यहाँ रहेको मस्जिदमा यसअघि एकजनालाई भेटिएको थियो,’ वडाध्यक्ष सुरेन्द्र गुप्ता वैश्यले भने, ‘उनैको सम्पर्कमा आएका मस्जिदको वरिपरिको मान्छेलाई अहिले संक्रमण देखिएको हो।’

उनीहरु फरक फरक परिवारका सदस्य रहेको वडाध्यक्ष गुप्ताले जानकारी दिए। उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जनाए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनले नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनीहरु ७ देखि ८५ वर्ष उमेरबीचका छन्।

विज्ञ भन्छन्: बाहिरबाट आउनजान रोकौँ, उपत्यकामा गतिविधि सुरु गरौँ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad