समाज


ट्रकको ठक्करले मोटरसाइकल चालक युवकको मृत्यु

ट्रकको ठक्करले मोटरसाइकल चालक युवकको मृत्यु

नेपालखबर
पुस ९, २०८२ बुधबार १२:५९, काठमाडौँ

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कपिलवस्तुका एक युवकको मृत्यु भएको छ। 

बुधबार बिहान कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बर्रोहियास्थित सडकमा लु. १८ प ८७६९ नम्बरको मोटरसाइकललाई लु. प्र. ०१-००१ ख ०६८३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक मायादेवी गाउँपालिका-६, डुमरराका २४ वर्षीय ओसामा मोहमद मुसलमान घाइते भएका थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लािग जिल्ला अस्पताल, तौलिहवा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad