मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि अतिक्रमणविरुद्ध राजधानी काठमाडौँमा शान्तिपूर्ण मार्च आयोजना गरिएको छ। जनदबाब सिर्जना गर्ने उद्देश्यले निकालिएको मार्च बल्खु-त्रिपुरेश्वर-सहिद गेट-शान्तिवाटिका मार्ग हुँदै अघि बढेको हो।
बिहान ११ बजेदेखि बल्खुबाट सुरु भएको मार्च शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भयो। कार्यक्रममा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने तथा विभिन्न जनवर्गीय संघर्ष समितिहरूबीच मोर्चाबन्दी गर्ने कार्यतालिका रहेको आयोजक संयुक्त जनअधिकार आन्दोलन नेपालले जनाएको छ।
उक्त कार्यक्रम भूमि अधिकार आन्दोलन नेपाल, लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति नेपाल र मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलन नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।






60
Shares

प्रतिक्रिया