राजनीति


प्रधानमन्त्रीलाई कांग्रेसले भन्योः शीर्ष नेतासँग सम्वाद गर्नुहोस्, दुस्मनी साँधेर निर्वाचन हुन सक्दैन

प्रधानमन्त्रीलाई कांग्रेसले भन्योः शीर्ष नेतासँग सम्वाद गर्नुहोस्, दुस्मनी साँधेर निर्वाचन हुन सक्दैन

नेपालखबर
पुस ७, २०८२ सोमबार १६:३८, काठमाडौँ

नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएका छन्।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो कुरा बताएका हुन्।

उनले राजनीतिक  दल र त्यसका नेताहरूमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न ढिलाई गर्न नहुने बताए।

उनले निर्वाचनको लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिए। विगतमा नेपाली कांग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएको दाबी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने बताए।

उनले सरकारले निर्वाचन नभई अन्य काममा ध्यान दिएको भन्दै आपत्ति समेत जनाए। तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको वैधतामाथि नै प्रश्न उठ्ने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाई थियो। 

उनले भने, ‘कांग्रेसको नेतृत्वमा चुनाव हुँदा हाम्रो प्रधानमन्त्रीले पनि चुनाव हारेको छ। तर हामीले निष्पक्ष निर्वाचन गराएका छौँ। अहिले यो सरकारबाट पनि त्यस्तो आओस्। कसैले रिसीवी साँध्ने काममा सरकार नजाओस्। डेमोक्रेसीको मूल आधार राजनीतिक दलहरू नै हो। त्यसैले राजनीतिक दलका शिर्ष नेताहरूसँग पनि कुरा गर्नुस्। र अहिले जुन कानुन ल्याउन खोज्नुभएको छ। त्यो राम्रो भएपनि समयले हामीलाई साथ दिँदैन।’ 

सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरूलाई बेवास्ता गरेर कुनैपनि गतिविधि अघि बढाउन नसकिने पनि स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad