तनहुँको ब्यास नगरपालिका- ७ कलेस्ती पुलस्थित दमौली भोर्लेटार भित्री सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
मंगलबार कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख६४६५ न.को बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलापुलमा ठोकिई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि चालक सिटमा नै च्यापिई घाइते भएकोमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमान्माडमा गएको टोलीले उद्धार गरेको थियो।
उनलाई उपचारको लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा अवस्था गम्भीर रहेको बताइएको छ।
बसमा सवार अन्य २५ जनाजति रहेकोमा घाइते ९ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।
रत्नहरीअस्पताल तनहुमामा उपचार भइरहेका घाइतेहरु:-
१, चालक जिल्ला तनहुँ ब्यास २ बस्ने बर्ष २६ को शम्शेर परियार, बाया खुट्टा, छाती,घाट रटाउकोमा चोट बोल्न सक्ने सिरियस,
३, जिल्ला लमजुङ मध्यनेपाल १ बस्ने बर्ष ३५ की शान्ता गौतम निधार र दाया हातमा चोट सामान्य,
४, ऐ. ४ बस्ने बर्ष ३२ की निरा गौतम मुखमा चोट सामान्य,
५, ऐ. बस्ने बर्ष २९ की सुस्मिता साही सामान्य,
६,जिल्ला तनहुँ ब्यास न.पा. ११ थुम्की बस्ने बर्ष ६० की चन्द्र माया गुरुङ निधार दुबै हातमा चोट सामान्य,
७,ऐ.ऐ. २ बस्ने बर्ष ४७ की अनिता गुरुङ सामान्य,
८,ऐ.ऐ. बस्ने बर्ष ४९ की बिन्दु गुरुङ बाया हात, दुबै घोडामा चोट सामान्य,
९,जि. कास्की रुपा गा.पा. १ बस्ने बर्ष ५० की स्वस्तिकला खनाल बाया घुडा र दाहिने हात समान्य,
१० जिल्ला तनहुँ ब्यास ६ बस्ने बर्ष २७ की सुजिता पौडेल बाया धुडा र गालामा चोट सामान्य,
११, ऐ.ऐ.१ बस्ने बर्ष ८ की सान्भि गिरि दाहिने गालामा चोट, सामान्य,
१२, ऐ.ऐ. बस्ने बर्ष ४० की दिपा खान बाया हात खुट्टामा चोट सामान्य,
१३, ऐ.ऐ. बस्ने बर्ष ५१ की सिता नेपाली अनुहारमा चोट सामान्य,
१४, ऐ.ऐ. बस्ने बर्ष ३५ की हिरा मल्ल निधार मा चोट सामान्य,
१५, ऐ.ऐ. बस्ने बर्ष ४४ की नुनिमाया थापा नाक र मुखमा चोट सामान्य,
हाल बाटो सुचारू रहेको र बस हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया