खेल


दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने

दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने

नेपालखबर
पुस ४, २०८२ शुक्रबार २१:३४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले दृष्टिविहीन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख र टोलीका अन्य सदस्यलाई रु ५० हजारका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।  

आज कामपाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४४औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।

त्यसैगरी, बैठकमा निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयलाई निकासा दिने, विद्यालय र हाताको सौन्दर्य अभिवृद्धि गर्न विद्यालयलाई अनुदान प्रदान गर्ने, नेपाल भाषाको पाठयक्रम स्वीकृत तथा पाठयपुस्तक संशोधन, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म ‘भेरिएसन’ भएका विभिन्न पूर्वाधार योजनाको अनुमोदन गर्नेलगायत निर्णय भएका छन्। 

कामपाले नगरसभाको १८औँ अधिवेशन पुस ११ गतेका लागि आह्वानसमेत गरेको छ। आजकै बैठकले ४४औँ कार्यपालिका बैठकले नगरसभाको अधिवेशन मिति तोकेको हो।
 

बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानवअधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा दुईवटा विषयमाथि छलफल र निर्णय भएको छ।

श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि, २०८२, बाल कोष परिचालन मापदण्ड, २०८२ स्वीकृत गरिएको छ। रचनात्मक सहर सञ्जाल कार्यविधि संशोधनसहित स्वीकृत भएको छ।

सहकारी ऐन, २०७४ संशोधनका लागि र सूचना प्रविधि कार्यविधि तर्जुमा गर्नका लागि सैद्धान्तिक सहमति दिएको छ। बैठकमा महानगर प्रहरी ऐन संशोधन, महानगरवासीलाई निःशुल्क रक्त पदार्थ उपलब्ध गराउने विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad