समाज


तनहुँमा बस दुर्घटना हुँदा १५ यात्रु घाइते

तनहुँमा बस दुर्घटना हुँदा १५ यात्रु घाइते

नेपालखबर
साउन ५, २०८३ मंगलबार १७:४२, काठमाडौँ

तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्। 

मंगलबार भएको दुर्घटनामा घाइतमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ। कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय, तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा प्रहरी प्रहरी टोली घटनास्थल पुगेको थियो।

घिमिरेका अनुसार उद्धार टोलीले बसभित्र च्यापिएका चालकलाई सकुशल बाहिर निकालेर उपचारका लागि रत्नहरि अस्पताल पठाइएको छ। चालकको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। उनका अनुसार बसमा २५ जना यात्रु सवार रहेका थिए। 

घाइते हुनेमा व्यास–४ की ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल–१ की ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ की ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता शाही, व्यास–११ थुम्कीकी ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास–२ की ४७ वर्षीया अनिता गुरुङ र ४९ वर्षीया बिन्दु गुरुङ रहेका छन्। 

त्यस्तै, कास्कीको रुपा गाउँपालिका–१ की ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ की २७ वर्षीया सुजिता पौडेल, व्यास–१ की आठ वर्षीया सान्भि गिरी, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा पनि घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad