बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–२१ सेतोवहालका ४१ वर्षीय मनोहरलाल श्रेष्ठलाई पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतको २०८१ असार २३ गतेको फैसलाले उनलाई ५ दिन कैद र ३६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
फरार रहेका श्रेष्ठलाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले यही मंसिर २९ गते स्वयम्भुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बबरमहल पठाएको जनाएको छ।
साथै, उनी अन्य पाँचवटा मुद्दाहरूमा समेत फरार रहेको अभिलेखमा देखिएको छ।
84
Shares

प्रतिक्रिया