ad ad

समाज


‘कोरोना भाइरसभन्दा फ्लु प्राणघातक भन्ने तर्क गर्नु गलत हो’

‘कोरोना भाइरसभन्दा फ्लु प्राणघातक भन्ने तर्क गर्नु गलत हो’

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ८:५६,

अमेरिकामा फ्लुले कोरोना भाइरसभन्दा बढी मानिसको ज्यान लिनसक्छ भन्ने टिप्पणीहरु हुन थालेपछि यतिबेला विज्ञहरुले आलोचकहरुको तर्क गलत भएको प्रतिक्रिया जनाएका छन्।

यतिबेला विज्ञहरुले कारणहरु देखाउँदै कोरोना भाइरस फ्लुभन्दा खतरनाक भएको र यसबाट बच्ने उपाय अबलम्ब गर्न आग्रह गरेका छन्।

हाल अमेरिकाका विभिन्न राज्यमा लागू गरिएको लकडाउन खुलाउनु पर्ने माग भएको छ।

मानिसहरुले फ्लुभन्दा कम जोखिम कोरोना भाइरससँग हामीले किन डराउने? भन्दै प्रश्न गर्न थालेका छन्।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार गत वर्षको अक्टोबरदेखि सन् २०२० को अप्रिलको सुरुवाती हप्तासम्म फ्लुले दैनिक ३३१ जनाको ज्यान लिँदै आएको छ।

तर यसैवर्षको फेब्रुअरी ६ देखि अप्रिल ३० सम्मको तथ्यांकअनुसार अमेरिकामा कोरोना भाइरसले दैनिक ७३९ जनाको ज्यान लिएको छ।

सीडीसीको अध्ययनअनुसार फ्लु लागेको एक मानिसले १।२८ व्यक्तिमा फ्लुको संक्रमण गराउँछन्। उता कोरोना भाइरसको संक्रमण भएको व्यक्तिले २ देखि ३ व्यक्तिमा कोरोना सार्न सक्छन्।

कोरोना भाइरस बिना लक्षण कयौं दिनसम्म फैलिरहने पनि विज्ञहरुले बताएका छन्।

विज्ञहरुका अनुसार फ्लुको संक्रमण भएको व्यक्तिमा एकदेखि चार दिनभित्र बिमारीको संकेतहरु देखिन्छ तर कोरोना भाइरस संक्रमण भएको व्यक्तिमा चारदेखि १४ दिनसम्म पनि बिमारीको संकेत देखिँदैन।

हाल फ्लुको खोप जहाँपनि उपलब्ध छ तर कोरोना भाइरसको खोप तथा औषधि कतै पनि नपाइने भएकाले कोरोना भाइरसको विषय गम्भीर रुपमा लिन विज्ञहरुले सुझाव दिएका छन्। सीएनएन

China approves coronavirus vaccines for human trials

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .