ad ad

कारोबार


लकडाउनका कारण समस्यामा परेका उद्योगहरुलाई उकास्ने गर्नेगरी बजेट ल्याउनुपर्छ : उपाध्यक्ष ढकाल

लकडाउनका कारण समस्यामा परेका उद्योगहरुलाई उकास्ने गर्नेगरी बजेट ल्याउनुपर्छ : उपाध्यक्ष ढकाल

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ९:२२,

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लकडाउनका कारण समस्यामा परेका उद्योगहरुलाई ‘बुस्टअप’ गर्नेगरी बजेट ल्याउनुपर्ने बताएका छन्।

उपाध्यक्ष ढकालले मध्यकालिन र दीर्घकालिन योजनासहित उद्योग प्रतिष्ठानहरुलाई बुस्टअप गर्ने व्यवस्था बजेटमार्फत आउनुपर्ने बताएका हुन्।

उनले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरिएपछि उद्योग प्रतिष्ठानहरु बन्द रहेको र बेरोजगारीको समस्या देखिएको भन्दै बजेटमार्फत नै संरक्षण गरिनुपर्ने बताए। यस्तै सरकारको राजस्व आम्दानी बढाउन पनि उद्योग प्रतिष्ठानहरुलाई जोगाउनु अपरिहार्य रहेको उपाध्यक्ष ढकालले बताए।

उनले उद्योग व्यवसायको संरक्षणका लागि उद्योग वाणिज्य महासंघसहितका व्यसायिक संगठनहरुले सरकारलाई सुझाव दिइसकेकोले सोही अनुसार नै बजेटले सम्बोधन गर्ने अपेक्षा गरिएको समेत बताए।

देशभित्र बढ्ने बेरोजगारी र वैदेशिक रोजगारीबाट फर्केर आउनेहरुको संख्या ठूलो हुने भएकोले उनीहरुको व्यवस्थापनका लागि पनि बजेटको प्रकृति फरक हुनुपर्ने उपाध्यक्ष ढकालले बताए। उनले उद्योग प्रतिष्ठानहरुले रोजगारी सिर्जना गर्न सक्ने, उत्पादन बढाउने तथा सरकारको आम्दानी बढ्ने किसिमबाट बजेट आउनुपर्ने बताए।

रेमिट्यान्स आप्रवाहमा हुने कमिबाट अर्थतन्त्रमा पर्ने असरलाई पनि बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .