समाज


गोवा आगलागीमा ज्यान गुमाउने ५ नेपालीको शव नेपाल ल्याउने तयारी

गोवा आगलागीमा ज्यान गुमाउने ५ नेपालीको शव नेपाल ल्याउने तयारी

घटनास्ठल


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ११:४१, काठमाडौँ

सरकारले भारतको गोवाबाट पाँचजना नेपाली नागरिकको शव नेपाल ल्याउने तयारी अघि बढाएको छ। 

भारतको गोवास्थित एक नाइटक्लबमा गएको शनिबार आगलागी हुँदा पाँच नेपालीसहित २५ जनाको मृत्यु भएको थियो। 

आगलागीमा परेर ६ जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्र

उक्त घटनामा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल (विवेक), डडेलधुराका मनोज जोरा, झापाका, सबिन विश्वकर्मा र सुदीप गुरुङको मृत्यु थियो। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार उक्त आगलागीमा परेर मृत्यु भएका पाँचै जनाको सनाखत भइसकेको छ।

दिल्लीस्थित नेपाली दूतावास तथा त्यहाँ कार्यरत अन्य नेपालीको समन्वयमा नेपाली नागरिकहरूको शव नेपाल ल्याउने तयारी सुरु गरिएको हो। 

यसका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रक्रिया पूरा गरिसकेको क्षेत्रीले बताए। 

गोवा प्रहरीको सहयोगमा चूर्णबहादुरको शव एयर एम्बुलेन्समार्फत लखनउ र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ।

अन्य मृतकको शव नेपाल ल्याउन त्यहाँ कार्यरत नेपालीले आर्थिक संकलन सुरु गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad