समाज


लकडाउन खोल्न माग गर्दै मिसिगनमा बन्दुकसहित प्रदर्शन

लकडाउन खोल्न माग गर्दै मिसिगनमा बन्दुकसहित प्रदर्शन

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ९:३२,

 बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोना भाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन्। त्यहाँ उपस्थित कतिपय सांसदले बुलेटप्रुफ भेस्ट समेत लगाएका थिए।

ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए।

मास्क लगाएका राज्य प्रहरीले उनीहरुलाई भित्र प्रवेश गर्न रोकेका थिए। प्रदर्शनमा भाग लिएका कुनै पनि प्रदर्शनकारीले मास्क लगाएका थिएनन्।

‘राइफल बोकेका मान्छेहरू मेरै छेउमा आइपुगे’, सिनेटर डायना पोलेहान्कीले ट्वीटमा भनेका छन्। ट्वीटमा उनले सार्वजनिक गरेको तस्वीरमा चार जना पुरुष देखाइएको छ जसमध्ये एक जनासँग हतियार रहेको छ। ‘बुलेटप्रुफ भेस्ट भएका मेरा केही सहकर्मीहरूले त्यो रक्षाकवच लगाउनु भएको छ।’

प्लेकार्डसहित संसद भवन बाहिर भेला भएका धेरै प्रदर्शनकारीले गभर्नर ग्रेचेन ह्विटरको तुलना एडोल्फ हिटलरसँग गरेका थिए।

अमेरिकी प्याट्रियट जुलुस भनिएको उक्त प्रदर्शनलाई मिसिगन युनाइटेड लिबर्टी भन्ने समूहले आयोजना गरेको थियो। यो समूहमा ८ हजार ८०० भन्दा बढी व्यक्ति सदस्य रहेका छन्।

यसै महिना लकडाउन हटाउन गरिएको यो दोस्रो प्रदर्शन हो। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण मिसिगन राज्यमा मात्र तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

गत अप्रिल १६ मा पनि करिब तीन हजार व्यक्तिले ल्यानसिंगमा प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण राजधानीमा केही समय ट्राफिक जाम भएको थियो।

एक दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गर्दै ‘लिबरेट मिसिगन १ अर्थात् मिसिगनलाई मुक्त गरौं’ भन्दै ट्वीट गरेका थिए।

गभर्नर ह्विटमरले सिएनएनलाई प्रदर्शनकारी ‘रिसाउनु ठीक छ’ भन्दै प्रतिक्रिया दिएका थिए। रासस–एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad