समाज


उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली

उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली

दुर्घटनापछि जलेको बस।


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १२:४, काठमाडौँ

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर बसमा आगलागी हुँदा ३ जना जिउँदै जलेका छन् भने २४ जना घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बस नेपाल सीमा सुनौली (रुपन्देही) बाट दिल्ली जाँदै थियो। मृतकहरूको अझै पहिचान हुन सकेको छैन। बसमा ४५ जना यात्रु थिए, जसमध्ये धेरैजसो नेपालका थिए। चालक र कन्डक्टरको अवस्था अज्ञात छ। 

ट्रकसँग ठोकिँदै बस १०० मिटर परको हाई-टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो। त्यसपछि पोल भाँचिएर बसमा खस्यो र भीषण आगलागी भयो।

दुर्घटनास्थल

बसमा आगलागी भएपछि यात्रुहरूको भागभाग भएको थियो। कतिपय यात्रुले सिसा फुटाउँदै बाहिर हाम फालेर ज्यान जोगाएको बताइएको छ। 

भाग्न सफल यात्रुहरूले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। 

दुर्घटना मंगलबार बिहान २:३० बजेतिर कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवारिया बाइपासमा भएको हो। 

बस दुर्घटनास्थलको अवस्था

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad