ad ad

समाज


२५ लाख ५० हजार धरौटीमा छुटेका व्यवसायी अग्रवाल पुनः पक्राउ

२५ लाख ५० हजार धरौटीमा छुटेका व्यवसायी अग्रवाल पुनः पक्राउ

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ११:८,

कालोबजारकिो आरोपमा काठमाडौँ जिल्ला अदालतमा २५ लाख ५० हजार धरौटीमा छुटेको केही समयमै व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन्।

 बिहीबार काठमाडौँ जिल्ला अदालतले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो। आदेशलगत्तै धरौटी बुझाएर छुटेका अग्रवाललाई महानगरी प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले व्यवसायी अग्रवाललाई पक्राउ गरेको पुष्टि गरे। उनले सम्पत्ति शुदीकरणको मुद्दामा अग्रवाललाई पक्राउ गरेको पुष्टि गरे।

‘उहाँ कालोबजारीको मुद्दामा २० लाख ५० हजार धरौटी बुझाएर रिहा हुनुभएको हो’, डीएसपी बोगटीले नेपालखबरसँग भने, ‘उहाँलाई सम्पत्ति शुदीकरणको मुद्दामा पक्राउ गरेका हौँ।’

उनले पुनः पक्राउ परेका अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने जानकारी दिए।

याे पनि : व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .