नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन्।
संघले शनिबार आफ्नै कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको महासंघका काठमाडौं शाखा सदस्य गोविन्द शर्माले जानकारी दिए।
कार्यक्रमको आरम्भ नेपाल पत्रकार महासंघ काठमाडौंकी अध्यक्ष शोभा अर्याल तथा सचिव रमेश बोहोराले रक्तदान गरेपछि भएको थियो।
त्यसक्रममा अर्यालले ‘जेनजी’ प्रदर्शनपछि रेडक्रस र अस्पतालमा देखिएको रगत अभावमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताइन्।
महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला शाखाले निरन्तर गर्दै आएको रचनात्मक तथा मानवीय कार्यको प्रशंसा गरिन्।
48
Shares

प्रतिक्रिया