समाज


बेलायती प्रधानमन्त्री जोन्सनकी प्रेमिकाले छोरा जन्माइन्

बेलायती प्रधानमन्त्री जोन्सनकी प्रेमिकाले छोरा जन्माइन्

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ९:४२,

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनकी प्रेमिकाले छोरा जन्माएकी छन्।

बुधबार बिहान छोरा जन्मिएसँगै जोन्सनले स्वस्थ बच्चाको जन्म भएको जानकारी दिएका छन्।

गत फेब्रुअरीमा जोन्सन र क्यारी साइमन्ड्सले चाँडै बच्चाको जन्म हुने बताएका थिए।

५५ वर्षका जोन्सनकी प्रेमिकाको उमेर ३२ वर्ष हो। केही समय अगाडि साइमन्ड्सले प्रेमी जोन्सनलाई सकेन्डह्यान्ड बाइक उपहार दिएपछि उनको चर्चा चुलिएको थियो।

यसअघि बोरिस जोन्सनले दुई जनासँग विवाह गरेका थिए। जोन्सनका यसअघि चार छोराछोरी थिए। नयाँ छोराको आगमनसँगै उनको बालबच्चाको संख्या पाँच पुगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad