मौसम क्रमशः सुध्रिँदै गए पनि अझै केही दिन हावाहुरी र वर्षा जारी रहने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज (बुधबार) पनि देशका पहाडी भूभाग तथा पूर्वी तराईमा हावाहुरी तथा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
‘तर बिहान वा दिउँसोतिर घाम नै लाग्छ,’ बुधबार बिहान नेपालखबरसँग मौसमविद् पौडेलले भने, ‘साँझ वा बेलुकीपख बदली भई वर्षा हुने देखिन्छ।’
उनका अनुसार अहिले यो प्रिमनसुनको अवधि भएकाले गड्याङगुडुङ हुने, चट्याङ पर्ने तथा हावाहुरी आउने पनि हुन्छ।
‘खासगरी पूर्वी तराई बागलुङ, सुर्खेतलगायत स्थान र पश्चिम पोखरा आसपासमा अलि बढी हावाहुरी तथा वर्षाको सम्भावना देखिएको छ,’ उनले भने,’ साथै देशका अन्य पहाडी भूभागमा पनि यो सम्भावना छ।’
यस्तै काठमाडौं उपत्यकामा पनि बिहान–दिउँसो घाम लागे पनि बेलुकीपख क्षणिक वर्षाको सम्भावना छ।
‘मौसम क्रमः सुध्रिँदै गएको त हो, तर अझै एक÷दुई दिन वर्षा जारी नै रहने देखिन्छ,’ उनले भने।

प्रतिक्रिया