छापा खबर


संसदीय दलमा बहुमत जुटाउने प्रयासमा प्रधानमन्त्री, यस्तो छ नेकपा संसदीय दलमा हिसाब-किताब

संसदीय दलमा बहुमत जुटाउने प्रयासमा प्रधानमन्त्री, यस्तो छ नेकपा संसदीय दलमा हिसाब-किताब

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ०:१,

राजीनामाका लागि पार्टीभित्रबाट दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्याउने प्रयासमा जुटेका छन्।

उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदहरुलाई सामूहिक र व्यक्तिगत रुपमा भेट गरिरहेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा रहेका ओली संसदीय दलमा भने टक्कर लिने मनस्थितिमा छन्।

प्रधानमन्त्री पदको निर्धारण पनि संसदीय दलले गर्ने संवैधानिक व्यवस्था छ।

संसदीय दलमै बहुमत पुर्याएर प्रचण्ड-नेपाल समूहको प्रयास बिफल बनाउन सकिनेमा ओली समूह आशावादी पनि छ।

नेकपामा एक सय ७४ सांसद छन्। संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ।

नेकपा संसदीय दलमा पूर्वएमालेको १२१ तथा पूर्व माओवादी समूहका ५३ सांसद छन्।

वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ।

यसरी आफ्नो समूहमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड-नेपाल समूहको छ।

उता अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरुको दाबी छ। बहुमतका लागि ८८ सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad