समाज


मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव २० दिनपछि फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव २० दिनपछि फेला

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १५:१७, काठमाडौँ

यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव हिउँले पुरिएको अवस्थामा फेला परेको छ।

 ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो फेला पारेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए।  

उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो।

सम्पर्क विहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजीकार्य गरीरहेकोमा नभेटिएपछि पुनः कात्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसिको कमाण्डमा उद्धार सामाग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टालीले उनीहरूको शव उक्त गुम्बाबाट करीब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो।

शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको डीएसपि थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad